पोखरा वडा १ महानगर फुटसल कपमा च्याम्पियन
प्रविण सर्वाधिक गोलकर्ता, धन सर्वाेत्कृष्ट घोषित
पाेखरा | पुस २९, २०८०
पोखरा: राष्ट्रिय युवा संघ पोखरा महानगर कमिटीले आयोजना गरेको पहिलो संस्करणको ‘पोखरा महानगर फुटसल कप–२०८०’ मा वडा नम्बर १ च्याम्पियन बनेको छ ।
स्पोर्टस् क्यासलमा शनिबार भएको फाइनल खेलमा पोखरा वडा ११ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा १ च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेको वडा १ का लागि विनय तामाङ (क्रिजल) र नकुल तामाङले समान १÷१ गोल गरे ।
खेल संयोजक अनिश गुरुङका अनुसार च्याम्पियन बनेको वडा १ को टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पारे ।
यस्तै उपविजेता बनेको वडा ११ ले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २० हजार प्राप्त गरे ।
सो प्रतियोगिताबाट उपविजेता टोली पोखरा ११ का धन गुरुङ सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । यस्तै सोही टिमकै लक्ष्मण गुरुङ उत्कृष्ट गोलरक्षक घोषित भए ।
मादी गाउँपालिकाका प्रविण गुरुङले ७ गोल गर्दै सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत भए भने अनुशाषित टिमको शिल्ड पोखरा वडा १७ ले प्राप्त गर्याे ।
कुल ३८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय अध्यक्ष क्षितिज थेबे, युवा संघका पूर्व अध्यक्ष राजीव पहारी, नेकपा एमाले कास्कीका सचिव बैन बहादुर क्षेत्री, उपसचिव दर्शन लामा लगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

